Rule 14A
इजाजतपत्र वा अनुमतिपत्र रद्द गर्न निवेदन दिन सक्ने:
(१) इजाजतपत्र वा अनुमतिपत्र प्राप्त प्रसारण
संस्थाले आफूले प्राप्त गरेको इजाजतपत्र वा
अनुमतिपत्र रद्द गर्न चाहेमा रद्द गर्नुपर्नाको स्पष्ट
कारण उल्लेख गरी मन्त्रालय संमक्ष अनुसूची-६(क)
बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र वा अनुमतिपत्र रद्द गर्न निवेदन पेस गर्दा पछिल्लो आर्थिक वर्षमा बुझाएको प्रसारण तथा वितरण शुल्कलाई आधार मानी प्रत्येक आर्थिक वर्षको लागि सो शुल्कको पचहत्तर प्रतिशत रकम धरौटी बापत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा रहेको एकल खाता कोष अन्तर्गतको धरौटी खातामा जम्मा गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम धरौटीको हिसाब गर्दा पछिल्लो आर्थिक वर्षमा जे जति महिनाको कारोबारको प्रसारण तथा वितरण शुल्क बुझाउन बाँकी रहेको छ सो बापत उपनियम (२) बमोजिम बुझाउनु पर्ने पचहत्तर प्रतिशतको मासिक दामासाहीले हुन आउने रकम धरौटीको रुपमा जम्मा गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजतपत्र वा अनुमतिपत्र रद्द गर्न मनासिब रहेको र् उपनियम (२) बमोजिमको धरौटी जम्मा गरेको देखिएमा मन्त्रालयले इजाजतपत्रवाला वा अनुमतिपत्रवालासँग कुनै राजस्व वा जरिबाना असुल गर्न बाँकी भए सो समेत असुल उपर गरी त्यस्तो .इजाजतपत्र वा अनुमतिपत्र रद्द गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम इजाजतपत्र वा अनुमतिपत्र रद्द गरिएको जानकारी पन्ध्र दिनभित्र निवेदकलाई दिनु पर्नेछ।